बिहिबार, मंसिर १४, २०८०

सुन तस्करीको अभियोग लागेकालाई थुनामा राख्न आदेश


कान्तिपथ


काठमाडौँ- जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उक्त प्रकरणमा २५ जनालाई थुनामा पठाउने र रुक्मिना सुब्बालाई रू पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

सुन तस्करीमा संलग्न रहेको अरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो भने सरकारी वकिलको कार्यालयले निजहरूविरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत