शुक्रबार, मंसिर १५, २०८०

कराते खेलाडी गुरुङ फाइनलमा, नेपाललाई कम्तीमा रजत पक्का


कान्तिपथ


काठमाडौँ I चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन् । फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तीमा रजत पदक जित्ने पक्का भएको छ । 

कराते खेलाडी गुरुङले केहीबेर अघि सम्पन्न सेमिफाइनलमा महिला ६८ किलो तौल समूहमा हङकङकी यान काई होलाई पराजित गरेकी हुन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी हुन् । यसअघि आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबिचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भइन् । फाइनलमा उनले आजै काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित खेल्ने छिन् । 

योसँगै नेपालको जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक पक्का भएको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत