बुधबार, मंसिर १३, २०८०

श्री बासडोल सामुदायिक माकोसको १७ औ साधारण सभा विभिन्न कार्यक्रम बिच सम्पन्न


कान्तिपथ


काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका र पनौती नगरपालिका भित्र कार्यक्षेत्र रहेको वडा नं. १२ मा मुख्य कार्यालय एवं बनेपा १३ भैसेपाटीमा सेवा कार्यालय रहेको श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभा विभिन्न कार्यक्रमहरु गरी सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री सुरेन्द्र महत ज्यू को सभापत्वि एवं वागमती प्रदेश सामसद माननीय श्री कन्चन चन्द्र वादे ज्यू को प्रमुख आतिथ्यता, एवं प्रमुख सल्लाहकार,एवं ने.रे.सो.म.ज्योति उपशाखाको सभापत्वि, लेखा परीक्षक श्री सि.ए.सुनिल श्रेष्ठ एवं विभिन्न संघ संस्थाहरुबाट पाल्नु भएको अतिथि ज्यूहरुको सहभागीतामा कार्यक्रम संचालन भएको थियो ।


यस कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरुलाई दोसल्ला, सम्मान पत्र, निजी तथा सामुदायिक विद्यालयबाट एस.ई.ई.विद्यार्थीहरुलाई सम्मान र उत्कृष्ट शेयर, बचत, असल ऋणी सदस्यहरुलाई सम्मान पत्र,माला र नगदबाट सम्मान गरिएको थियो ।


संस्थाका अध्यक्ष श्री सुरेन्द्र महत ज्यू ले वार्षिक साधारण सभाको मन्तव्य राख्नु भएको थियो,कार्यक्रम संचालन संस्थाका सचिव श्री रामकृष्ण कुवर ज्यूले आ.व.०७९/०८० को संस्थाका गतिविधि एवं संस्थाका कोषाध्यक्ष श्री कल्पना कुँवर ज्यूले आर्थिक गतिविधि प्रस्तुत र लेखा संयोजक श्री कञ्चन भुजेल ज्यूले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा परीक्षक श्री सुनिल श्रेष्ठले आ.व.०७९/०८० को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रममा संस्थाका प्रमुख अतिथि प्रदेश सामसद माननीय श्री कञ्चन चन्द्र वादे ज्यूृ सहकारी संस्थाहरुलाई संचालनका लागि आवश्यक पर्ने निति,विधि तथा कार्यविधिहरुका कारणले अप्ठ्यारोपरेमा संसोधनका लागि पहल गर्ने उद्घोष गर्नु भएको थियो भने प्रमुख सल्लाहकार मुकुन्द शर्मा ज्यूले सहकारी संस्थाका सिद्धान्त, सहकारीको आवश्यकता र सहकारीका नम्स सम्बन्धमा मन्तव्य राख्नु भएको थियो भने अन्य अतिथि ज्यूहरुले संहकारी संस्थाका विभिन्न गतिविधिहरु लगायतका महत्वपूर्ण विषयहरुमा मन्तव्य राख्नु भएको थियो । १९ करोड १५ लाख कूल पुँजी को कारोबार सँगै ७१.७३%सदस्यहरुको उपस्थितिमा १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत