नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन आज (आइतबार) कैलालीको धनगढीमा सुरु हुँदै छ। पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन अहिले बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।
आज उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र सुरु हुने छ। अहिलेसम्म एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा तीन नेताले दाबी गरेका छन्। कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले अध्यक्ष पदमा आंकाक्षा देखाएका हुन्।
प्रदेश अधिवेशनको उद्घाटनसत्रमा महासचिव शंकर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य कर्णबहादुर थापासहित केन्द्रीय सदस्य उपस्थित हुनेछन्।
अधिवेशनअन्तर्गत प्रदेश कमिटी चयनका लागि ९ वटै जिल्लाका गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएका छन्।