सोमवार, मंसिर १८, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • एकै व्यक्तिले ४ ठाउँमा हत्या गरेको बयान दिएपछि हैरानीमा प्रहरी

एकै व्यक्तिले ४ ठाउँमा हत्या गरेको बयान दिएपछि हैरानीमा प्रहरी


कान्तिपथ


काठमाडौँको गैह्रीगाउँ स्थित दिव्य स: मिलमा ४ जनाको हत्यामा संलग्न आरोपितले अन्यत्र पनि हत्या गरेको दाबीसँगै अनुसन्धान अधिकृतहरु ‘हैरानी’मा परेका छन् ।

हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका सञ्जय भण्डारीले काठमाडौँमा अन्य ३ ठाउँ र सिन्धुपाल्चोकमा एक ठाउँमा हत्या गरेका जिकिर गरेका हुन् ।

सञ्जय भण्डारीले भदौ २९ मा राति सःमिलमा नवीन राई, कुमार भुजेल, सुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको आरोप छ । आरोपितको दाबीमा विश्वास नलागेपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ ।

जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा उनको ‘ब्रेन म्यापिङ’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

अपराध अनुसन्धानमा ‘ब्रेन म्यापिङ’ परीक्षण नेपालमा पहिलो पटक गराइएको हो । केन्द्रीय कारागारमा लगेर भण्डारीको ब्रेन म्यापिङ गरिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत