बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • शिक्षा
  • आइओईले चार लाख ९० हजार शुल्क तोक्यो : कात्तिक १४ देखि प्रवेश परीक्षा

आइओईले चार लाख ९० हजार शुल्क तोक्यो : कात्तिक १४ देखि प्रवेश परीक्षा


कान्तिपथ


त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले स्नातक तहका लागि नयाँ शुल्क तोकेको छ।

यसअघि ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ शुल्क तोकिएकोमा विद्यार्थी संघसंगठनहरूको विरोधमा संस्थानले कार्यान्वयनमा ल्याउन सकेको थिएन।

संस्थानले गत साउन २५ को निर्णयअनुसार भन्दै भदौ ४ मा सूचना निकालेर आंगिक क्याम्पस स्नातक तह (बी.ई, बी.आर्क) को शुल्कवृद्धि गरेको थियो।

शुल्कवृद्धि फिर्ता गर्नुपर्ने मागसहित विद्यार्थीहरूले अनशनदेखि प्रदर्शनसम्म गरेका थिए। संस्थानले शुल्क पुनरावलोकन गर्न समितिसमेत बनाएको थियो।

संस्थानले चार लाख ९० हजार रुपैयाँ शुल्क तोकेको छ। यसअघि विद्यार्थीहरूले तीन लाख १८ हजार रुपैयाँ शुल्क तिरेर पढ्दै आएका थिए। 

शुल्क विवादकै कारण प्रवेश परीक्षा हुन सकेको थिएन। भदौ २५ मै प्रवेश परीक्षा गर्नुपर्ने थियो। नयाँ शुल्क कायम गर्दै संस्थानले कात्तिक १४ देखि प्रवेश परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेको छ।

इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको असोज १९ को निर्णयअनुसार चार वर्षे बिई र बिआर्क तहका लागि धरौटीसहित नियमिततर्फ ५६ हजार ७ सय, पूर्ण शुल्किय तर्फ चार लाख ९० हजार र विदेशी विद्यार्थीका हकमा १३ लाख १३ हजार पाँच सय शुल्क कायम गरिएको हो।

यसअघि प्रवेश परीक्षा आवेदन फारम भर्न छुटेकाले असोज २२ गतेदेखि २४ गतेसम्म अनलाइनबाट प्रवेश परीक्षा फारम भर्न सक्नेछन्।

प्रवेश परीक्षासम्बन्धी विस्तृत जानकारी आइतबार अपराह्न ५ बजे परीक्षा बोर्डको वेबसाइट https://entrance.ioe.edu.np बाट हेर्न सकिनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत