चीनमा जारी १९ औ एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक जितेको छ। नेपालकी एरिका गुरुङले करातेमा ऐतिहासिक रजत पदक नेपाललाई दिलाउन सफल भएकी हुन्।
उनी १०औं विश्व सितोरियो करातेकी स्वर्ण पदक विजेता खेलाडी हुन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको नेपाल कराते महासंघले जनाएको छ।
उनलाई काजकिस्तानकी बेरुल्टसेवा सोफियाले ३–० ले पराजित गरेपछि उनी रजतमा सीमित भएकी हुन्।