बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • समाज
  • चौलागाई प्रतिष्ठानको २५औं स्थापना दिवस अर्थात् हीरक जयंती भव्य रुपमा सम्पन्न

चौलागाई प्रतिष्ठानको २५औं स्थापना दिवस अर्थात् हीरक जयंती भव्य रुपमा सम्पन्न


कान्तिपथ


काठमाडौँ, २१ असोज । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितीले आफ्नो २५औं स्थापना दिवस अर्थात् हीरक जयंती भव्य रुपमा मनाएको छ ।

प्रतिष्ठानका कार्यबहाक अध्यक्ष तथा प्रतिष्ठानका प्रथम उपाध्यक्ष देवेन्द्र चौलागाईको अध्यक्षतामा पूर्वमन्त्री तथा प्रतिष्ठानका सल्लाहकार कमल चौलागाईको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो । कार्यक्रमका अतिथिहरुमा प्रतिष्ठानका सल्लाहकार तथा अधिवक्ता होमकान्त चौलागाई, पूर्वउपाध्यक्ष भुपेन्द्र चौलागाई, पूर्व उपाध्यक्ष तथा सल्लाहकार बद्रीप्रसाद चौलागाईले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

द्वितीय उपाध्यक्ष चित्रप्रसाद चौलागाई (सीके), सुसिल चौलागाईं ,लालीगुराँस मीडियाका संचालक कमल सरगम (चौलागाईं) लगायत प्रतिष्ठानका पदाधिकारी, केन्द्रीय समितिका सदस्य तथा चौलागाई बन्धुहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानको आयोजनामा चौलागाईहरुको वंश र परम्पराको संरक्षण गर्दै आफ्नो ऐतिहासिकता, विगत, वर्तमान र भविष्यको जगेर्ना गर्ने महत्वपूर्ण लक्ष्यका साथ स्थापना गरिएको प्रतिष्ठानले आज काठमाडौँमा आफ्नो २५औं वार्षिकोत्सव मनाएको हो । प्रतिष्ठानले विश्वभर फैलिएर रहेका चौलागाई समुदायलाई एकीकृत, संगठित र तथ्याङ्क संकलन गर्दै आएको छ ।

प्रमुख अतिथि पूर्वमन्त्री चौलागाईले २५औं वर्षको अथक प्रयास तथा विभिन्न आरोह र अवरोहहरुलाई पार गर्दै प्रतिष्ठानले देशभरका चौलागाईहरुलाई एकीकृत गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । प्रतिष्ठानले हालसम्म धेरै कामहरु गरेको उल्लेख गर्दै उहाँले अवका दिनमा समयको माग, चौलागाईको आवश्यकता र युवाहरुको चाहनाका आधारमा प्रतिष्ठानलाई रुपान्तरित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानले समाज रुपान्तरणको नेतृत्वमा समेत विशेष ध्यान दिन नेतृत्वलाई आग्रह गर्नुभयो । प्रतिष्ठानका कार्यबहाक अध्यक्ष तथा प्रतिष्ठानका प्रथम उपाध्यक्ष देवेन्द्र चौलागाईको अध्यक्षतामा पूर्वमन्त्री तथा प्रतिष्ठानका सल्लाहकार कमल चौलागाईको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो ।

कार्यक्रमका अतिथिहरुमा प्रतिष्ठानका सल्लाहकार तथा अधिवक्ता होमकान्त चौलागाई, पूर्वउपाध्यक्ष भुपेन्द्र चौलागाई, पूर्व उपाध्यक्ष तथा सल्लाहकार बद्रीप्रसाद चौलागाईले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । द्वितीय उपाध्यक्ष चित्रप्रसाद चौलागाई (सीके) लगायत प्रतिष्ठानका पदाधिकारी, केन्द्रीय समितिका सदस्य तथा चौलागाई बन्धुहरुको सहभागिता रहेको थियो ।प्रतिष्ठानको आयोजनामा चौलागाईहरुको वंश र परम्पराको संरक्षण गर्दै आफ्नो ऐतिहासिकता, विगत, वर्तमान र भविष्यको जगेर्ना गर्ने महत्वपूर्ण लक्ष्यका साथ स्थापना गरिएको प्रतिष्ठानले आज काठमाडौँमा आफ्नो २५औं वार्षिकोत्सव मनाएको हो । प्रतिष्ठानले विश्वभर फैलिएर रहेका चौलागाई समुदायलाई एकीकृत, संगठित र तथ्याङ्क संकलन गर्दै आएको छ ।

प्रतिष्ठानमा हालसम्म ९५० जना आजीवन सदस्य, ६० जना विशिष्ठ आजीवन सदस्य रहनुभएको प्रतिष्ठानका केन्द्रिय सदस्य सुसिल चौलागाईंले कान्तिपथ मिडियालाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानको कोशी प्रदेश समिति गठन भएको छ भने २१ वटा जिल्लाहरुमा जिल्ला समिति गठन भइसकेको छ । त्यस्तै ६० भन्दा बढी स्थानीय तहमा समितिहरु गठन भय छन् । देशभर ३६ वटा जिल्लाहरुमा चौलागाईहरुको वसोवास रहेको तथ्य फेला परेको पनि उहाँले बताउनु भएको छ । सवै समितीहरुले २५औं स्थापना दिवस मनाएको आयोजकले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत