बिहिबार, मंसिर १४, २०८०

टस हारेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै न्युजिल्यान्ड


कान्तिपथ


आईसीसी एकदिवसीय विश्वकपको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दिल्लीस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलका लागि भएको टस जितेर नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले फिल्डिङको निर्णय गर्दै न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिए । प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो ।

यसअघि, पहिलो खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध नौ विकेटको जित निकालेको थियो । नेदरल्यान्ड्स भने पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो ।

अक्टोबर ५ देखि सुरु भएको प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । यो संस्करणमा १० टिमको सहभागिता छ ।

यसपटक भारत, अस्ट्रेलियासँगै इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दै छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत