शुक्रबार, मंसिर १५, २०८०

गाजामा विजुली, खाना, पानी र औषधि सबैमा लगायो रोक


कान्तिपथ


इजरायलले गाजामा पूरा घेराबन्दी गर्दै विजुली, पानी, खाद्यन्न र इन्धनको आपूर्ति रोकिदिएको छ । शनिबार बिहान हमासको आक्रमण सुरु भएपछि इजरायलले गाजामा खाद्यन्न र औषधिसहित सबै इमरजेन्सी वस्तुको सप्लाई रोक्ने निर्णय गरेको हो ।

प्यालेस्टाइनी अधिकारीहरूले यदि आपूर्तिको अनुमति दिइएन भने गाजा स्ट्रीपमा नयाँ मानवीय संकट उत्पन्न हुने चेतावनी दिएका छन् । बीबीसीले गाजा पुरै भग्नावेसमा परिणत भएको जनाएको छ । प्यालेस्टाइनी टावरलगायत महत्वपूर्ण आवासीय भवनमा इजरायलले मिसाइल आक्रमण गरेको छ । बीबीसीका अनुसार इजरायली आक्रमणमा हालसम्म करिब ७०० जनाको मृत्यु भएको छ । र हजारौँ घाइते भएका छन् ।

गाजा स्ट्रीपमा २३ लाख मानिसहरू बस्छन् । तीमध्ये ८० प्रतिशत मानिसहरू इजरायलसँग चलिरहेको दशकौँको तनावका कारण मुख्य रुपमा मानवीय सहायतामा निर्भर छन् । गाजामा हमासको नियन्त्रण भए पनि यसको एयर स्पेस र समुद्री तटमा इजरायलको कब्जा छ । इजरायलको अनुमतिबिना गाजामा कुनै पनि सामान आपूर्ति हुन सक्दैन



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत