सोमवार, मंसिर १८, २०८०

एमाले र दुर्गा प्रसाईंको खेल सुरु


कान्तिपथ


मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र युवासंघका इन्चार्ज महेश बस्नेत आफूसँग डराएको बताएका छन् ।

युवा संघले सोमबार प्रसाईं लाई कालो मोसो छ्यापेपछि मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर प्रसाईंले देश बचाउनुपर्छ भन्दा आफूमाथि दुर्व्यवहार भएको भन्दै अव एमालेसँग खेल सुरु भएको बताएका हुन् ।

‘म खुसी छु । मैले त नागरिक बचाउ, देश युवाविहीन भयो, जनताले दुःख पाए भन्दा मलाई दुर्व्यवहार भयो’, उनले भने, ‘एमाले कसको पार्टी रहेछ भन्ने देखियो । तस्करहरूको पार्टी एमाले भन्ने प्रमाणित भयो । गरिबको आवाज उठाउँदा मलाई कालो मोसो दलियो । यसको जवाफ जनताले फर्काउँछन् ।’

उनले एमाले आफूसँग डराएको भन्दै खेल सुरु भएको पनि बताए । ‘हिजोदेखि खेल सुरु भयो, एमालेले मसँग खेल सुरु गर्यो, मैले आजबाट पत्रकार सम्मेलन गरेर सुरु गरेँ’, प्रसाईंले भने, ‘खेल बन्द भएको छैन ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत