बिहिबार, मंसिर १४, २०८०

प्रसाईंलाई कालो पोतेपछि भक्तपुरमा पानी बाराबार !


कान्तिपथ


मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो लाएको विषयमा भक्तपुर एमालेमा दुई धार देखिएको छ । ग्राउण्डमा परस्पर विरोधी देखिने एमाले नेताहरु निर्मल भट्टराई र महेश बस्नेत युवा संघले लगाएको कालोमोसोको विषयमा फरक फरक कित्तामा उभिएका हुन् ।

नेता भट्टराईले सामाजिक संजालमा प्रतिक्रिया दिंदै लेखेका छन्, ‘दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्य हुन चरम अयोग्य थिए नै, कालो मोसोको लागि समेत अयोग्य थिए । कहिलेकहीं एक्लै परे पनि सत्य यही हो ।’ उनको अनुसार दुर्गा प्रसाईलाई जिस्काईरहन आवश्यक छैन । चितवन महाधिवेशनबाट एमालेको केन्द्रिय सदस्यमा निर्वाचित प्रसाईंलाई राजा बोकेर हिड्न थालेपछि एमालेले केन्द्रिय सदस्यबाट बिदा गरेको थियो ।

यता अर्का नेता महेश बस्नेतले प्रसाईंलाई कालोमोसो लगाउने विषय ठिक भएको भन्दै समर्थन जनाएका छन् । सामाजिक संजाल मै उनले लेखेका छन्, ‘बैक तथा बित्तीय संस्थालाई चुनौति दिने, बिभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ । यस्तालाई सरकारले कारवाही गरोस । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई ।’ बस्नेत युवा संघको इन्चार्ज समेत हुन् ।

बस्नेतलले यस्तो लेखेपछि प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र युवासंघका इन्चार्ज महेश बस्नेत आफूसँग डराएको बताएका छन् । आफ्नै घरमा पत्रकार सम्मेलन गरेर प्रसाईंले देश बचाउनुपर्छ भन्दा आफूमाथि दुर्व्यवहार भएको भन्दै अव एमालेसँग खेल सुरु भएको बताएका हुन् ।

‘म खुसी छु । मैले त नागरिक बचाउ, देश युवाविहीन भयो, जनताले दुःख पाए भन्दा मलाई दुर्व्यवहार भयो’, उनले भने, ‘एमाले कसको पार्टी रहेछ भन्ने देखियो । तस्करहरूको पार्टी एमाले भन्ने प्रमाणित भयो । गरिबको आवाज उठाउँदा मलाई कालो मोसो दलियो । यसको जवाफ जनताले फर्काउँछन् ।’ प्रसाई भक्तपुरको पुरानो थिमिमा बस्दै आएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत