बिहिबार, मंसिर १४, २०८०

एमाले सुदूरपश्चिमको सबै पदाधिकारी सर्वसम्मत : अध्यक्षमा जैसी


कान्तिपथ


नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत भएका छन्। अध्यक्षका उम्मेदवार भरत साउदले उम्मेदवारी फिर्ता लिएका छन्। उपसचिवमा कैलालीकी भागरथी विष्ट चयन भएकी छन्। ​कमिटीको सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन्। सचिव पदका उम्मेदवार राजेश खाती, जीवन बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत चयन भएका हुन्।

उपसचिव खुल्लामा कञ्चनपुरका नरबहादुर बिक पनि सर्वसम्मत भएका छन्। यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका छन्।

शिक्षण पेशा छोडेर राजनीतिमा आएका जैसीसँग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव छ। उनले अहिलेका एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसँग तत्कालीन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका छन्। ओली त्यतिवेला प्ररायुसंघको केन्द्रीय अध्यक्ष थिए।

२०५४ सालको स्थानीय चुनावमा जिविस सभापति भएका जैसी बीचमा स्थानीय तहको चुनाव नभएकोले १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेभिकको सहअध्यक्ष भए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत