बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • वाइसिएलका उपमहासचिव महराविरुद्ध मुद्दा दर्ता, साढे ७ वर्ष कैद मागदाबी

वाइसिएलका उपमहासचिव महराविरुद्ध मुद्दा दर्ता, साढे ७ वर्ष कैद मागदाबी


कान्तिपथ


ईलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को प्रतिवेदको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । उनी माओवादीको सहायक संगठन वाइसिएल नेपालका उपमहासचिव हुन् ।

उक्त प्रकरणमा लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङलाई पनि प्रतिवादी बनाइएको छ । प्रतिवादी दाओजिनलाई आपराधिक विश्वासघात, संगठित अपराध र भन्सार ऐन विपरीतको कसुरमा मुद्दा चलाइएको छ भने अन्य तीन जनालाई भने भन्सार ऐन विपरीतको कसुर र संगठित अपराधमा मुद्दा चलाइएको छ ।

उनीहरुविरुद्ध भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी साढे ७ वर्षको कैद सजाय मागदाबी लिइएको बताइएको छ । मुद्दामा प्रतिवादी बनाइएका निमा भने फरार छन् । उक्त प्रकरणमा आठ करोडभन्दा बिगो माग दाबी भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत