बिहिबार, मंसिर १४, २०८०

विश्वकपमा आज : दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै


कान्तिपथ


एकदिवसीय विश्वकपमा बिहीबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। लखनउको अटल बिहारी वाजपेयी इकाना स्टेडियममा आज दिउँसो २:१५ खेल सुरु हुने छ।

दुबै टिमको यो जारी विश्वकपमा दोस्रो खेल हो। अस्ट्रेलिया आफ्नो पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो। दक्षिण अफ्रिकाले भने श्रीलंकालाई १ सय २ रनले पराजित गरेको थियो।

विश्वकपअघि अस्ट्रेलियाले दक्षिण अफ्रिका विरुद्धको सिरिज गुमाएको थियो।

दुई टिमबीच एकदिवसीय विश्वकपमा अहिलेसम्म कुल ६ खेल भएका छन्। तीन पटक अस्ट्रेलिया र दुई पटक दक्षिण अफ्रिकाले जित हासिल गर्दा अर्को एक खेल बराबरी भएको थियो।

समग्रमा भने यी दुई टिमबीच कूल १०८ एकदिवसीय खेल भएका छन्। जसमा अस्ट्रेलियाले ५० र दक्षिण अफ्रिकाले ५५ खेल जित्दा ३ खेल बराबरीमा सकिँदा १ खेल नतिजाविहीन भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत