कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेस (शेखर पक्षर) र नेकपा एमालेका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका ४७ सांसद प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेका हुन् ।
कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उनीहरूको माग छ।