बिहिबार, मंसिर १४, २०८०

कोशीमा भोलि सनाखत र नियुक्ति


कान्तिपथ


कोशीका प्रदेश प्रमुख परशुराम खापुङ र केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागदावी गरेका सांसदहरुबीचको छलफल सकिएको छ । आजै कांग्रेसका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसदहरू र प्रदेश प्रमुख परशुराम खापुङबीच यस्तो सहमति भएको हो एमाले सांसद रेवती भण्डारीले जानकारी दिए ।

छलफलमा एमाले नेता हिक्मत कार्की र मुख्यमन्त्रीमा प्रस्तावित केदार कार्की सहभागी थिए भने अन्य सांसदहरू हलमा कुरेर बसेका थिए ।

कार्कीद्धयसँगको छलफलमा प्रदेश प्रमुख खापुङले भोलि शनिवार सनाखत गराएर मुख्यमन्त्री नियुक्त गर्दा के हुन्छ भनेर प्रस्ताव गरेका थिए । तर कार्कीद्धयले भने आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने अडान गरे पनि अन्ततः भोलिसम्म कुर्न उनीहरू सहमत भएर प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत