बिहिबार, फाल्गुन १, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • सुन तस्करी प्रकरण : राहुल भनिने रेशम महरालाई थुनामा पठाउन आदेश

सुन तस्करी प्रकरण : राहुल भनिने रेशम महरालाई थुनामा पठाउन आदेश


कान्तिपथ


भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो ।

राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत