सोमवार, माघ ७, २०८१

डाक्टर कुट्ने गुरुङ र कार्की जेल चलान


कान्तिपथ


पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने २ जनालाई जेल चलान गरिएको छ।

गत असाेज ८ गते अस्पतालमा चिकित्सकमाथि आक्रमण तथा ताेडफाेड गरेकाे आराेपमा विभिन्र मितिमा पक्राउ कास्की जिल्ला अदालतले विभिन्न मितिमा पक्राउ परेका ९ जनामध्ये २ जनालाई जेल चलान गरेको छ भने बाँकी ७ जना धराैटीमा रिहा गरेको छ।

न्यायाधीश ध्रुवकुमार पियाको इजलासले विनय गुरुङ र छावा भनिने सुशील कार्की पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ।

सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनास गुरूङ,अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ, मनिष थापा र प्रदीप गुरुङलाई जनही १ लाख धरौटीमा रिहा गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत