बुधबार, मंसिर १३, २०८०

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौला निलम्बित


कान्तिपथ


सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले उनलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

बसौलाले गैरजिम्मेवार र स्वास्थ्य बिमालाई हानि गर्ने काम गरिरहेको र पदमा रहिरहे उनीमाथि लागेका आरोपको प्रमाण नष्ट गर्नसक्ने भन्दै निलम्बन गरिएको उनलाई दिइएको पत्रमा उल्लेख छ । उनलाई शुक्रबारबाटै लागु हुने गरी निलम्बनको पत्र दिइएको हो ।

पत्रमा स्वास्थ्य बिमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।

बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ४ गते ११ बुँदे स्पष्टीकरण सोधेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत