आइतवार, माघ ६, २०८१

इजरायलबाट जर्मनी, बेलायत, फ्रान्सले गर्न नसकेको उद्धार नेपालले गर्यो


कान्तिपथ


विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो ।

सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल वायु सेवा निगममार्फत सरकारले दुबई हुँदै इजरायल पुगेर उद्धार गरेर शुक्रबार बिहान ३ बजे काठमाडौँ ल्याइपुर्‍याएको हो ।

बिहीबार इजरायलको तेलअभिभबाट नेपाली लिएर उडेको नेपाल एयरलाइन्सको विमान बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो । नेपालीलाई उद्धार गर्नका लागि परराष्ट्रमन्त्री एनपी साउद तेलअभिभ पुगेका थिए । विमानस्थलमा आइपुगेपछि उद्धार भएर आएका र आफन्तले सरकारको खुलेर प्रशंसा गरे । आजको राजधानी दैनिकमा समाचार छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत