बुधबार, मंसिर १३, २०८०

कोशीमा कार्कीको पक्षमा सनाखत सुरु : शेखर-एमाले गठबन्धन निश्चित हुँदै !


कान्तिपथ


कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । बिहान ८ बजेदेखि नै सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा सनाखतका लागि भेला भएका छन् । शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म सनाखतको समय छुट्याइएको छ ।

कोशीमा गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेलगत्तै शेखर पक्षका केदार कार्कीले एमालेसँगको समीकरणमा कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए । उनको पक्षमा एमालेका ३९ सांसदले हस्ताक्षर गरेका छन् ।

आङ्बोले पनि ४७ सांसदसहित बहुमत दाबी गरेकोमा पुरानो हस्ताक्षर कीर्ते गरी बुझाएको भन्दै कार्कीसहित ८ जना सशरीर प्रदेश प्रमुखकोमा उपस्थित भएका थिए ।

केन्द्रमा कांग्रेस बैठकमा प्रधानमन्त्री प्रचण्डसमेत सहभागी भएर कांग्रेसबाटै अर्को नाम दिन वा गठबन्धनका उम्मेदवार आङ्बोलाई समर्थन गर्नका लागि गरिएको आग्रह डा.शेखर कोइरालाले मानेका थिएनन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत