शनिबार, माघ ५, २०८१

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट घाइते


कान्तिपथ


काठमाडौँ। मनाङ एयरको हेलिकप्टर खुम्बु पासाङ ल्हामु गाउँपालिका– लबुचेमा शनिवार बिहान दुर्घटना भएको छ ।

खुम्बुमा बिरामी ल्याउन उडेको हेलिकप्टर लबुचेमा अवतरण गर्ने क्रममा पाइलटले कमजोरी गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना बिहान करिब ८ बजे भएको प्रहरी चौकी लुक्लाका प्रमुख डम्बर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकप्टरमा पाइलट पिके सेढाइ थिए । उहाँलाई सामान्य घाइते भएको र अर्को हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

गत असार २६ गते सोलुखुम्बुमै मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए भने दुई महिना नबित्दै फेरी यसै कम्पनीको अर्को दुर्घटना भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत