कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुने भएका छन् । मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङले घोषणा गरेका छन् ।
कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।
नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरेका हुन् । बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
गठबन्धनले मुख्यमन्त्री प्रस्ताव गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो भने सनाखतमा गएनन् । सरकार गठन गर्न बहुमत पुर्याउन आफ्नो दाबी नपुग्ने भन्दै आफूहरु सनाखतमा नएको उनले बताएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ