प्रिमियम मूल्यमा साधारण सेयर (आइपिओ) निष्कासन गर्न दिएर नीतिगत भ्रष्टाचार गरेको आरोपमा धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्षसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । १३ जना लगानीकर्ताको हस्ताक्षरसहित अख्तियारमा उजुरी परेको हो ।
बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलविरुद्ध भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
बिमा ऐन, २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरीत अख्तियारको दुरुपयोग गरी सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल लाइफसहित चारवटा बिमा कम्पनीहरूलाई अंकित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आह्वानपत्रमा स्वीकृत गरी कानुनविपरीतको कार्य गरेको उजुरीमा आरोप लगाइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ