शनिबार, माघ २६, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • एनआरएनएको महाधिवेसन आजबाट : प्रधानमन्त्रीले नागरिकता वितरण गर्ने

एनआरएनएको महाधिवेसन आजबाट : प्रधानमन्त्रीले नागरिकता वितरण गर्ने


कान्तिपथ


गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेसन आजबाट सुरु हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको महाधिवेसन अक्टोबर २० सम्म काठमाडौंमा चल्नेछ ।

महाधिवेसनले आगामी दुई वर्षका लागि अध्यक्षसहित एनआरएनएका पदाधिकारीहरु चयन गर्नेछ । अक्टोबर १९ अर्थात् कार्तिक २ गते महाधिवेसनमा मतदान हुने निर्वाचन कार्यतालिका छ ।

त्यसअघि विभिन्न विषयहरुमा छलफल एवं गोष्ठी हुनेछन् ।

यसपटक एनआरएनको अध्यक्षमा रुसबाट डा. बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रबिना थापा र कतारबाट राजेन्द्र कुमार (आरके) शर्माको उमेदवारी रहेको छ ।

एनआरएनएको निर्वाचन समिति कार्यालयका अनुसार ६ जना उपाध्यक्ष पदका लागि १८ जनाको उमेदवारी रहेको छ । एक महिला उपाध्यक्षमा दुईजनाको उमेदवारी परेको छ । एक युवा उपाध्यक्षका लागि पनि दुई उमेदवार छन् । एनआरएनएका यो महाधिवेसनमा अन्य पदहरुमा पनि बलियो प्रतिस्पर्धा रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने भएका छन् । बिहान ८ बजेबाट उक्त कार्यक्रम सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“हिजो साँझको खराब मौसमका कारण धनगढीवाट काठमाडौं आउने प्लेन उड्न नसकेकाले प्रधानमन्त्री आज बिहान धनगढीबाट काठमाडौं आएपछि उक्त कार्यक्रम सुरु हुनेछ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

नयाँ कानुनअनुसार गैरआवासीय नेपालीले पनि गैरआवासीय नेपाली नागरिकता पाउने भएपछि नागरिकता वितरण गरेर प्रधानमन्त्रीले उक्त कार्यक्रम सुरुआत गर्न लागेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत