मङ्लबार, माघ २९, २०८१

अमेरिकी राष्ट्रपति बाइडेन भोलि युद्धग्रस्त इजरायल जाने !


कान्तिपथ


अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । इजरायलमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेनले भोलि बुधबार बाइडेन इजरायल आइपुग्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति बाइडेनको भ्रमण र अन्य विषयमा छलफल गर्न जेरुसेलममा रहेको अमेरिकी दूतावासमा सोमबार एन्टोनी ब्लिन्केनल सहितका शीर्ष अमेरिकी कूटनीतिज्ञ र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सात घण्टा लामो बैठक भएको थियो ।

बाइडेनको इजरायल भ्रमणमा प्यालेस्टाइनको लडाकु समूह हमाससँगको युद्ध कसरी अघि बढाउने र नागरिकको जीवन रक्षाका विषयमा छलफल हुने ब्लिन्केनले बताएका छन् ।

यस्तै, नागरिकको हताहतलाई कसरी कम गर्ने र गाजामा राहत तथा उद्धारका कामको बारेमा पनि ठोस निर्णय हुने सम्भावना रहेको खबरमा उल्लेख छ ।

नेतान्याहुको निमन्त्रणामा बाइडेनको भ्रमण भएको हो । इजरायलमा यसपटक हमासले गरको आक्रमणपछि दुवै पक्षबाट अहिलेसम्म ४ हजार भन्दा धेरैको ज्यान गएको छ । १२ सय जना बेपत्ता छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत