बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • कारबाही भोगेको डिएसपी एक महिनापछि उत्कृष्ट सेवा गरेको भन्दै पुरस्कृत !

कारबाही भोगेको डिएसपी एक महिनापछि उत्कृष्ट सेवा गरेको भन्दै पुरस्कृत !


कान्तिपथ


प्रहरी दिवस २०८० को अवसरमा DSP वेदप्रकाश जोशी पुरस्कृत भएका छन् ।

आईजीपी कुँवरको हातबाट डीएसपी जोशी पुरस्कृत भएका हुन् । वडा प्रहरी कार्यालय बैदाम, कास्कीको प्रमुख रहँदा जोशीले उत्कृष्ट सेवा गरेवापत पदक पाएको बताइएको छ ।

जोशी असोज १० गते कारबाहीमा परेका थिए । कारबाहीको एक महिना नपुग्दै उनलाई पदक दिइएको हो ।

गृह मन्त्रालयले वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत रहँदा जोशीलाई हेडक्वार्टर तानिएको थियो । कास्कीको पोखरास्थित मणिपाल अस्पताल प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशीलाई त्यतिबेला प्रहरी प्रधान कार्यालयमा ल्याइएको थियो । त्यतिबेला मणिपालमा लमजुङकी ५७ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि तनाव भएको थियो ।

सोही क्रममा मृतकका आफन्त र स्थानीयबासिन्दाका साथै प्रहरीबाटै डाक्टरमाथि आक्रामण भएको थियो । मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका एक प्रहरीले ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोशित भीडलाई उक्साएका थिए । सोही प्रकरणलाई लिएर जोशीको सरुवा भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत