नेपाली सेनाले सोमबारजारी गरेको बढुवा सिफारिससम्बन्धी सूचनासँगै नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे आगामी ४५ औं प्रधानसेनापति बन्ने निश्चित भएकाे छ ।
सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीन तारे जर्नेल (रथी) मा बढुवा सिफारिसको लागि उनलाई सिफारिस गरिएको उल्लेख छ ।
२०८१ साल भदौ २४ गते ३ वर्षे कार्यकाल पूरा गरेर प्रभुराम शर्मा नेपाली सेनाको नेतृत्वबाट बाहिरिएपछि अहिले दुई वर्षे कार्यकाल थप भएका उपरथी पाण्डेले शर्माको उत्तराधिकारी भएर नेपाली सेनाको ४५ औं प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
उपरथी पाण्डेको दुई वर्ष कार्यकाल थप गरेर प्रधानसेनापति बन्ने वातावरण बनाउनका लागि पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापा र जर्नेल पवन पाण्डेहरुले आफ्नो सम्पूर्ण शक्ति उपयोग गरेर लविङमा थिए ।
युद्धकार्य विभागमा कार्यरत पाण्डेलाई बढुवाको लागि सिफारिस गरिएको सात दिने सूचना प्रकाशित भएसँगै मेजर जनरल अशोक सिग्देलको प्रधानसेनापति हुने सम्भावना सकिएको छ ।
सिग्देलको लबिङमा जर्नेलहरु भोलानाथ बुढाथोकी,मानबहादुर महरा,रामबहादुर अर्याल, पाइलट जर्नेल बोहोरा, कर्नेल दिपक भण्डारी, कर्णेल शिव पौडेल लागेका थिए।
#ताराध्वज पाण्डे नेपाली सेना #प्रधानसेनापति