युरोकप छनोटमा पोर्चुगलले फराकिलो जित निकालेको छ । सोमबार भएको खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनालाई ५–० गोल अन्तरले हराएको हो ।
क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले शानदार जित निकालेको हो । पाहुना टोली पोर्चुगलले पहिलो हाफमै ५ गोल गरेको थियो ।
रोनाल्डोले पाँचौ मिनेटमा पेनाल्टीमार्फत दिलाएको अग्रतालाई २० औं मिनेटमा दोब्बर बनाएका थिए । ब्रुनो फर्नान्डेजले २५ औं मिनेटमा पोर्चुगलकालागि तेस्रो गोल गरेका थिए ।
जोआओ कान्सेलोले ३२ औं मिनेटमा टिमका लागि चौथों गोल गर्दा जोआओ फिलिक्सले पहिलो हाफअघि टिमका लागि पाँचौं गोल गरेका थिए ।
रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा गोल संख्या १ सय २७ पुर्याएका छन् । समूह जीबाट युरोकपमा छनोट भएको पोर्चुगलले सतप्रतिशत जित निकालेको छ ।
समूहको शीर्ष स्थानको पोर्चुगलको ८ खेलबाट २४ अंक भएको छ । बोस्निया ९ अंक सहित पुछारदेखि दोस्रोमा छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ