शनिबार, माघ ५, २०८१
  • गृहपृष्‍ठ
  • खेलकुद
  • दौडेर गजेन्द्र राई बने लिगलिगे राजा : १ लाख पुरस्कार र श्रीपेच पुरस्कार !

दौडेर गजेन्द्र राई बने लिगलिगे राजा : १ लाख पुरस्कार र श्रीपेच पुरस्कार !


कान्तिपथ


यसपालिको लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । ६९ प्रतिस्पर्धीलाई पछि पार्दै ११ औँ संस्करणको उपाधि गजेन्द्रले उचालेका हुन् ।

निर्धारित १३.५ किलोमिटर दुरी उनले ५६ मिनेट ३६ सेकेन्डमा पूरा गरे । उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गरे । उनले नगद १ लाख पुरस्कार र श्रीपेच पाएका छन् ।

दौडमा आर्मीकै नरेन्द्र सिंह रावत दोस्रो र साबिक विजेता अनीश थापा तेस्रो बने ।

रावतले ५६ मिनेट ५३ सेकेन्डमा दुरी पार गरेका हुन् भने थापाले ५८ मिनेट ३५ सेकेन्डमा पार गरे । लिगलिग विकास समाजले हरेक वर्ष लिगलिगे दौडको आयोजना गर्छ । दौडेर राजा हुने प्रचलन यहीँबाट सुरु भएको थियो । सोही परम्परालाई कायम राख्न अहिले प्रतिस्पर्धा आयोजना गरिएको हो ।

दोस्रो भएका रावतले ५० हजार र तेस्रो हुने थापाले २५ हजार पुरस्कार पाए । दौडमा २१ जना स्थानीय धावक सहित कुल ७० जनाको सहभागिता थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपे घाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, सभा चौतारो हुँदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सकिएको संस्थाका अध्यक्ष सञ्जीव राना मगरले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत