मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • गाजा अस्पताल आक्रमणमा पाँच सयकाे मृत्यु, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

गाजा अस्पताल आक्रमणमा पाँच सयकाे मृत्यु, संयुक्त राष्ट्रसंघद्वारा निन्दा


कान्तिपथ


संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मंगलबार राति विज्ञप्ति जारी गर्दै गाजा सहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन्।

आक्रमणमा परी सयौँ मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन्। टर्कले भने, ‘स्तब्ध छु। आज राति, सयौँ मानिस मारिए। भयानक रूपमा गाजा सहरको अल अहली अरब अस्पतालमा गरिएको घातक आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र देखेका परिवारहरू पीडित भएका छन्।’

प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा पाँच सय प्यालेस्टाइनी मारिएका छन्। स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो।

मिडिया रिपोर्टका अनुसार गाजाको मध्य क्षेत्रमा रहेको शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्रसंघको विद्यालयमा मंगलबार दिउँसो आक्रमण हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो। त्यहाँ शरण खोजिरहेका करिब चार हजार मानिसले आश्रय लिइरहेका थिए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ।

मंगलबार राति जारी गरिएको समाचार टिप्पणीमा, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गाजाको अल अहली अरब अस्पताल ध्वस्त भएको र सयौँको ज्यान गएको घटनाले स्तब्ध र भयभीत भएको बताएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत