त्रिदेशीय टि-२० सिरिजमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। मुलपानी क्रिकेट ग्राउन्डमा टस जितेर कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले पहिलो पटक घरेलु मैदानमा युएईविरूद्ध टि-२० क्रिकेट खेल्दैछ। यसअघि भएका ५ खेलमध्ये तीन खेलमा युएई र २ खेलमा नेपाल विजयी भएको छ।
आगामी टि-२० विश्वकप छनोटको तयारीस्वरूप नेपाल, युएई र हङकङले सिरिज खेल्न लागेका हुन्।
नेपाल र हङकङबीचको खेल पर्सी हुनेछ।
आजको खेलमा रोहित पौडेलको कप्तानीमा आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ