टी-२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा अहिले नेपाल र युएई भिडिरहेका छन् । मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमै सफलता पाएको छ ।
एक रनको अवस्थामा युएईले आफ्ना ओपनर खालिद साहलाई गुमाएको छ । ६ बल सामना गरेका खालिदले कुनै पनि रन बनाउन सकेनन् । सोमपालको बलमा कप्तान रोहित पौडेलले खालिदको क्याच समाए ।
युएईले पहिलो ओभरमा एक रनको अवस्थामा एक विकेट गुमाएको छ ।