सोमवार, मंसिर १८, २०८०

निगमद्वारा तीन वटा जहाज खरिद गर्न लागि टेन्डर आह्वान


कान्तिपथ


काठमाडौं। नेपाल वायुसेवा निगमले विमान खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । निगमले आइतबार सूचना प्रकाशन गर्दै थ्रि स्टोल विमान खरिदका लागि इच्छुक विमान निर्माता कम्पनीहरूसँग प्रस्तावको आह्वान गरेको हो ।

प्रस्ताव सूचना प्रकाशन भएको मितिदेखि डिसेम्बर ५, २०२३ को दिउँसो १२ बजेसम्ममा दर्ता गर्नुपर्नेछ । यस अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालका दुर्गम जिल्लाहरूमा हवाई सेवाको विस्तार गर्न र निजी कम्पनीहरूलाई मनपरी भाडा लिन रोक्न नेपाल एयरलाइन्सले विमान खरिद गर्नुको विकल्प नभएको बताउनुभएको थियो । यसै वर्ष विमान खरिद गरी दुर्गम जिल्लाहरूमा सेवा विस्तार गर्ने जनाएको छ । हाल नेपाल एयरलाइन्सले दुई वटा ट्वीनटर विमानबाट सेवा दिँदै आएको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत