बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • अमेरिकाको ल्युस्टन सहरमा अज्ञात बन्दुकधारीद्वारा आक्रमण, १६ जनाको मृत्यु, ५० घाइते

अमेरिकाको ल्युस्टन सहरमा अज्ञात बन्दुकधारीद्वारा आक्रमण, १६ जनाको मृत्यु, ५० घाइते


कान्तिपथ


अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले आक्रमण गर्दा १६ जनाको ज्यान गएको छ भने आक्रमणबाट कम्तीमा ५० जना घाइते भएका छन्। ल्युस्टन मेन राज्यको दोस्रो ठूलो सहर हो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार ती बन्दुकधारी अहिले फरार छन्। फरार रहेका ती सन्दिग्धको दुईवटा तस्बिर जारी गर्दै पहिचान गर्न र सूचना दिन प्रहरीले आग्रह गरेको छ। साथै ती बन्दुकधारीले सहरका विभिन्न भागमा घटना घटाएको पनि बताइएको छ।

बन्दुकधारी अहिले पनि सडकमा हिँडिरहेको हुन सक्ने जोखिम औंल्याउँदै प्रहरीले मानिसहरूलाई घरभित्रै रहन र बाहिर रहेका नागरिकलाई सुरक्षित ठाउँमा आश्रय लिन भनिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत