काठमाडौं । दशैं बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरु खुलेका छन् ।
घटस्थापनादेखि बन्द रहेका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आए पनि सरकारी कार्यालय खुले पनि कर्मचारी तथा सेवाग्राहीको चहलपहल भने कम छ ।
दशैं पछिको पहिलो दिन र शुक्रबार पनि भएकाले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति कम भएको हो ।
भोलि (शनिबार) सार्वजनिक बिदा परेकाले अधिकांश कर्मचारीले शुक्रबार व्यक्तिगत बिदाबाट काटिने गरी घरबिदाको निवेदन भरेका छन् ।