शुक्रबार, मंसिर १५, २०८०

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन


कान्तिपथ


काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ । उहाँको बिहीबार राति हृदयघातको कारण निधन भएको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।सीसीटीभीका अनुसार उहाँलाई स्थानीय समय अनुसार बिहीबार मध्यरातमा हृदयघात भएको थियो ।

एक दशक चीनको प्रधानमन्त्री रहनुभएका उहाँले आर्थिक सुधारवादी नेताको रुपमा छबि बनाउनुभएकाे थियाे। राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ सीपीसीका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आउनुभएकाे थियाे । ली सन् २०१३ मा चीनको प्रधानमन्त्री बन्नुभएकाे थियाे ।

ली चिनियाँ कम्युनिस्ट पार्टी ‘सीसीपी’को तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिनुहुन्छ । उहाँलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो ।पेकिङ विश्वविद्यालयमा अध्ययन गर्नुभएका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार हुनुहुन्थ्याे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत