शुक्रबार, फाल्गुन २, २०८१

नेपालगन्जबाट तीन महिनामा साढे सात करोडको प्लाइउड भारत निर्यात


कान्तिपथ


नवीन गिरी, नेपालगन्ज, कार्तिक ११ । नेपालगन्ज नाका भएर आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा साढे सात करोड रुपैयाँ बढी मूल्यको प्लाइउड भारततर्फ निकासी भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म सात करोड ६४ लाख ११ हजार रुपैयाँ मूल्यको प्लाइउड भारततर्फ निकासी भएको छ । तीन महिनामा ८३ हजार ६०३ घनमिटर प्लाइउड भारततर्फ निकासी भएको छ ।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७९–८० मा साउनदेखि असोज महिनासम्म १ करोड ४ लाख मूल्यको ४२८ घनमिटर प्लाइउड मात्रै भारततर्फ निकासी भएको थियो । आर्थिक वर्ष २०७९–८० भन्दा चालू आर्थिक वर्षमा ६३४ प्रतिशतले प्लाइउड निर्यातमा वृद्धि भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा १४ करोड १२ लाख ५४ हजार रुपियाँ मूल्यको प्लाइउड भारततर्फ निकासी भएको थियो । २०७८–७९ मा ८० लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड भारततर्फ निकासी भएको थियो । प्लाइउड भारततर्फ धेरै परिमाण र मूल्यको निकासी हुने नेपाली वस्तुको चौथो नम्बरमा रहेको छ ।

नेपालगन्ज नाकाबाट जडीबुटी, खोटो रोजिन र खयर कत्था धेरै निकासी भएको छ । नेपालगन्जमा रहेका विभिन्न उद्योगहरूले उत्पादन गरेको प्लाइउड भारत निकासी गर्दै आएका छन् ।

भारतमा प्लाइउडको निकासी गर्दै आएको मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाँले भारतको प्रयागराजसहित कानपुर, लखनउ, आग्रा, बहराइच, नानपारा लगायतका सहरहरूबाट व्यवसायीहरू आफैँ नेपाली प्लाइउड खरिदका लागि पुग्ने गरेको जानकारी दिनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत