आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • प्रशासन
  • बाँकेमा २८ खानेपानी आयोजना सम्पन्न, १५.३२ प्रतिशतको पहुँचमा धाराको पिउने पानी

बाँकेमा २८ खानेपानी आयोजना सम्पन्न, १५.३२ प्रतिशतको पहुँचमा धाराको पिउने पानी


कान्तिपथ


नेपालगन्ज। बाँकेमा नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले २८ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जका अनुसार ती आयोजना पूरा भएपछि जिल्लाका १५.३२ प्रतिशत नागरिकले धाराको पानी पिउन पाएका छन् । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख तिलक न्यौपानेले जिल्लामा सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकामा खानेपानी आयोजना निर्माण भई सञ्चालनमा आएको बताउनुभयो । 

उहाँले राप्तीसोनारीमा २२ वटा आयोजनाको निर्माण चलिरहेको र १३ वटा योजना निर्माण पूरा भई पानी वितरण सुरु गरिएको बताउनुभयो । डिभिजन प्रमुख न्यौपानेका अनुसार खजुरा गाउँपालिकामा सञ्चालनमा रहेका पाँच वटा खानेपानी आयोजनाले पानी वितरण सुरु गरेका छन् भने १० वटा आयोजना निर्माणाधीन अवस्थामा छन् । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार कोहलपुर नगरपालिकामा चार आयोजनाले पानी वितरण गरिरहेको छ भने पाँच आयोजना निर्माणाधीन छन् । बैजनाथ गाउँपालिकामा चार आयोजना पूरा भई पानी वितरण गरिरहेका छन् भने ६ वटा आयोजना निर्माणाधीन छन् । 

नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको दुई वटा आयोजना पूरा भई पानी वितरण भइरहेको र चार आयोजना निर्माणाधीन अवस्थामा रहेको डिभिजन प्रमुख न्यौपानेले बताउनुभयो । जानकीमा ६, नरैनापुरमा नौ र डुडुवामा पाँच खानेपानी आयोजना निर्माण भइरहेका छन् । 

गत आर्थिक वर्षसम्म बाँकेमा ६८ वटा खानेपानी आयोजना निर्माणाधीन छन् । बहुवर्षे आयोजना अन्तर्गत सञ्चालनमा रहेका यी आयोजनामध्ये चालू आर्थिक वर्षमा करिब ४० प्रतिशत सम्पन्न गर्ने लक्ष्य छ । 

चालू आर्थिक वर्षमा धेरैभन्दा धेरै आयोजना सम्पन्न गर्ने र बाँकेका २५–३० प्रतिशत नागरिकलाई पाइप प्रणालीको पानी पिउने पहुँच पुर्‍याउने योजना रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत