बिहिबार, माघ ३, २०८१

दसैँमा दूधका परिकारको खपत बढ्यो


कान्तिपथ


चितवन । चितवनमा दशैं शुरु भएसँगै दूध तथा दूधजन्य परिकारको खपत बढेको पाइएको छ ।

आर्थिक मन्दी र आयातित पाउडर दूधका कारण ३५ प्रतिशतसम्म स्वदेशी उत्पादनको बिक्री घटेको चितवनमा उत्पादनसँगै खपत पनि उल्लेखनीय रुपमा बढेको हो ।

विशेष गरी दसैँमा मासुको खपतसँगै दूधका विभिन्न परिकार दही, पनिर, नौनी, घ्यू, आइसक्रिम लगायतका उत्पादन बढेको जिल्ला दुग्ध सहकारी संघ, चितवनले जानकारी दिएको छ ।

संघका अध्यक्ष किशोर बगालेले विगतको दशैं र अन्य सामान्य समयमा भन्दा यसपटकको दसैँमा दूधको खपत बढेको बताउनुभयो । उहाँका अनुसार विगतको दसैँमा भन्दा हाल १० देखि १५ प्रतिशतसम्म दुग्ध जन्य पदार्थ बिक्री वितरण भएको अनुमान गरिएको छ ।

यसअघि सङ्घले अन्य पेय पर्दाथको सट्टा ‘दूधको प्रयोग बढाऔँ, स्वस्थ रहौँ’ भन्ने सचेतना देशैभरि फैलाएका कारणले पनि खपत बढेको बगालेको भनाई छ ।

चितवनकै ठूलो दुग्ध सहकारी मध्येको अन्नपूर्ण दुग्ध सहकारी संस्थामा पनि दसैँमा दूध सङ्कलन र बिक्री वितरण सोही तुलनामा भएको छ । दैनिक ६ हजार लिटरभन्दा बढी दूध सङ्कलन गर्ने यस सहकारीमा सङ्कलन, खपत र बिक्री वितरण अपेक्षित रुपमा भएको जानकारी दिएको छ ।

राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजका केन्द्रिय अध्यक्ष आनन्द न्यूरे दसैँमा दूधको खपत सन्तोषजनक रहे पनि अन्य समय दयनीय रहेको बताउनुहुन्छ । चितवन लगायत अन्य जिल्लामा पनि दूधको उत्पादन राम्रै भए पनि यस वर्ष भारतीय पाउडर दूधको कारण स्वदेशी उत्पादनले बजार पाउन नसकेको उहाँको भनाई छ ।

‘राज्यको नीति किसानमैत्री हुनुपर्यो, रकम समयमै पाउनुपर्‍यो’ उहाँले भन्नुभयो –‘अहिले दाना, औषधि बैङ्कको व्याजका कारण प्रतिलिटर ७० रुपैयाँ लागत छ । तर सहकारीलाई प्रतिलिटर ६५ मा बेच्नुपरेको छ ।’

चितवनमा चितवनमा तीन लाख लिटरको हाराहारीमा दूध उत्पादन हुन्छ । चितवनमा ११५ वटा दुग्ध सहकारीबाट दूध सङ्कलन हुने गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत