सोमवार, माघ ७, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • महासचिव गुटेरेसले मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने

महासचिव गुटेरेसले मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने


कान्तिपथ


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिनुभएको हो । उहाँले उक्त दिन दिउँसो ३ बजे ४५ मिनेटभित्रै औपचारिक पोशाकमा बैठक कक्षमा उपस्थित हुन सांसदहरूलाई आग्रह समेत गर्नुभयो ।

यसैबीच अर्थमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिनिधि सभामा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ र ‘भन्सार विधेयक, २०८०’ प्रस्तुत गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले दुवै विधेयक संशोधनका लागि प्रस्तुत गर्न अनुमति दिनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक यही कात्तिक १६ गते बिहीबार बिहान ११ बजे बस्ने तय भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत