बिहिबार, मंसिर १४, २०८०

म्यानचेस्टर डर्बी : ओल्ड ट्राफोडमा युनाइटेडको लज्जास्पद हार !


कान्तिपथ


म्यानचेस्टर सिटीले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार भएको खेलमा सिटी ३–० गोल अन्तरले विजयी बनेको हो ।

सिटीको जीतमा अर्लिङ हालान्ड नायक बने । उनले दुई गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरे । खेलको २६ औँ मिनेटमा हालान्डले पेनाल्टीमार्फत सिटीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातमा बर्नार्डो सिल्भाको पासमा उनले टोलीको अग्रता दोब्बर बनाए । खेलको ८० औँ मिनेटमा उनले फिल फोडेनका लागि गोलको अवसर सिर्जना गर्दै टोलीका जीत सुनिश्चित गरे ।

जीतपछि सिटीले शीर्ष स्थानमा रहेको टोटनह्याम हटस्पर्ससँगको दुरी २ अङ्कमा झारेको छ । १० खेलपछि २४ अङ्क बटुल्दै सिटी लिगको तेस्रो स्थानमा छ । १५ अङ्क रहेको युनाइटेड भने आठौँ स्थानमा सीमित छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत