मङ्लबार, माघ २९, २०८१

१५ लाख फिर्ता नपाउने एमाले नेताले पार्टी छाडे


कान्तिपथ


नेकपा एमाले सिरहाका एक नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। एमाले सिरहाका जिल्ला कमिटी सदस्य प्रकाश महासेठले आइतबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

सिरहाको मिर्चैया निवासी महासेठले पार्टीले आफूलाई अन्याय गरेको कारण पार्टी छाड्नु परेको स्पष्टीकरण दिएका छन्।

एमाले मिर्चैया नगर कमिटीका इन्चार्ज प्रदीप महासेठले चुनावमा आफूमाथि घात गरेको र चुनावमा खर्च गर्न दिएर बाँकी रहेको १५ लाख रुपैयाँसमेत फिर्ता नदिएको आरोप उनले लगाएका छन्।

प्रदीप महासेटसँग रहेको आफ्नो १५ लाख रुपैयाँ फिर्ताको लागि पहल गरिदिन पार्टी नेतृत्वलाई पटक पटक अनुरोध गर्दा समेत फिर्ता नभएपछि आफूले एमालेमा नबस्ने निर्णय गरेको उनले बताए।

आफूविरुद्ध चुनावमा घात गर्ने र आफ्नो रकमसमेत हिनामिना गरेका नेतालाई पार्टीले काखी च्याप्ने गरेको गुनासो उनको छ।

२०७९ को आम निर्वाचनमा महासेठ सिरहा क्षेत्र नम्वर ४ (क) बाट नेकपा एमालेको उम्मेदवार थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत