आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै


कान्तिपथ


प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ । संघीय संसद्को संयुक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नेछन् ।

नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।

बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ । उनको सम्बोधनलगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्नेछ ।

बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको संसद् सचिवालयले जनाएको छ । बिहान १० बजेसम्म साजसज्जालगायत सबै तयारी सकिने सचिवालयले बताएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत