सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा ६५ वर्षे उमेर हदका कारण आजबाट निवृत्त हुँदै छन्। उनले एक महिनाअघिदेखि नै मुद्दा हेर्न छाडिसकेका छन्।
सिन्हाको अवकाशसँगै अब सर्वोच्चमा ७ न्यायाधीशको पद खाली भएको छ। प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अब १४ न्यायाधीशमा सीमित भएको छ।
सिन्हा कानुन व्यवसायी पृष्ठभूमिबाट २०७३ साउन १७ गते सर्वोच्चमा नियुक्त भएका थिए। कर्पोरेट कानुनका विज्ञ मानिने सिन्हा सर्वोच्चका समकालीन न्यायाधीशहरूमा राम्रो कार्यक्षमता र कम विवादितमध्ये पर्छन्।
संविधान र कानुनले सर्वोच्च अदालतको न्यायाधीश पद एक महिनाभन्दा बढी समय खाली हुने परिकल्पना गरेको छैन।
प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद खाली हुनुभन्दा एक महिनाअगावै नयाँ नियुक्तिको व्यवस्था गरिसक्न संविधानको धारा २८४ (३) र न्यायपरिषद् ऐन, २०७३ को दफा ४ ले स्पष्टः निर्देश गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ