मङ्लबार, माघ २९, २०८१

आईसीसी टी-२० विश्वकप छनोट : ओमानको दोस्रो जित


कान्तिपथ


आईसीसी टी-२० विश्वकप एसिया छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।

पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको ओमान सेमिफाइनल नजिक पुगेको छ । समूह ‘ए’ मा २ खेलबाट ४ अंकसहित ओमान शीर्ष स्थानमा छ ।

ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४१ र मनप्रित सिंहले ३१ रन बनाए ।

पहिले ब्याटिङ गरेको ओमानले अकिब इल्यासको अर्धशतक मदतमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । अकिबले ३५ बल खेल्दै ४ चौका र ४ छक्का मदतमा सर्वाधिक ६३ रन बनाए । कप्तान जिसान मक्सुदले १६ बलमा २६ रन बनाए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत