शुक्रबार, मंसिर १५, २०८०

बहराइनसँग पराजित भयो हङकङ


कान्तिपथ


आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई ५ बल अगावै १२६ रनमा अलआउट गर्दै बहराइनले जित हात पारेको हो ।

बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ । पहिलो खेलमा यूएईसँग पराजित बहराइनको यो पहिलो जित हो । उता कुवेतलाई पहिलो खेलमा हराएको हङकङको यो पहिलो हार हो । बहराइन र हङकङको दुई खेलबाट समान २/२ अंक छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत