आइतवार, माघ ६, २०८१

नेपाललाई १६६ रनको लक्ष्य : अभिनाशले ढाले मलेसियाका ४ विकेट


कान्तिपथ


टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध १६६ रनको लक्ष्य पाएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६६ रन बनायो ।

विशाल स्कोरतर्फ लम्किरहेको मलेसियालाई नेपालका अभिनाश बोहोराले रोके । उनले आफ्नो चार ओभरको बलिङमा २७ रन दिएर ४ विकेट लिए । मलेसियाका लागि ओपनर सिद अजिजले सर्वाधिक ४९ बलमा ६८ रन बनाए । यस्तै जुवैदी जुल्फिकले १६ बलमा २४ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछाने, रोहित पौडेल र गुल्सन झाले एक एक विकेट लिँदा सोमपाल कामी र करण केसी विकेटविहीन बने । लगातार दोस्रो जित निकाली सेमिफाइल पुग्ने नेपालको लक्ष्य छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत