घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।
पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ । नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ । यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ ।
मलेसियाले दिएको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको पालिमा कुशल मल्लले ६५ र कुशल भुर्तेलले ४३ रन बनाए ।
नेपालले पहिलो विकेटका लागि ४९ रन र दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो । आसिफ शेख ३२ र रोहित पौडेल २ रन बनाएर आउट भए । मल्लले ३४ बलमा ७ छक्का र २ चौका प्रहार गरे । यस्तै भुर्तेलले २५ बलमा चार छक्का र चार चौका हिर्काए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ